कुवेत - नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका ८ सेप्टेम्बर २०२३ शुक्रवारको दिन हुने भएको छ ।
नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ कुवेतको जिलिपस्थित एस्पाएर ईन्डियन स्कुलमा नेपालबाट अतिथि कलाकार लोकदोहोरी गायिका मञ्जु पौडेलको साथमा गर्न लागिएको हो ।
नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा हिन्दु नेपाली महिलाहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ।नेपाली कला, सांस्कृतिकको जगेर्ण तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने नेपाल कुवेत साँस्कृतिक मञ्चको प्रतिबद्धता रहेको जनाएको छ । चर्चित लोकदोहोरी गायिका मञ्जु पौडेलको साथै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।
कुवेतमा कार्यरत नेपालीको साथ र सपोर्टले गर्दा नै साँस्कृतिक मञ्च कला, संस्कृतिको जगेर्ण, सांगितिक मनोरन्जन् तथा सामाजिक कार्यमा अग्रपंतिमा रहन सफल भएको यस साँस्कृतिक मंचले अन्तमा परदेशमा रहेरपनि कला र गला भएका नयाँ तथा पुराना कलाकार दाजुभाई तथा दिदिबहिनीहरुले आफ्नो कला र गला प्रस्तुत गर्नको लागि नेपाल कुवेत साँस्कृतिक मञ्च तयार रहेको जनाएको च ।
नेपाल कुवेत सस्कृतिक मञ्चको २२ औ प्रस्तुती हरितालिका तीजको लागि कार्यक्रम गर्न हलको समस्या भएर कार्यक्रम गर्ने मिति परिवर्तन गर्न पर्ने भएकाले कुवेतवासी नेपाली दर्शक सामु क्षमायाचना माग्दै उक्त दिन कार्यक्रममा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू उपस्थित भई दिनु हुन समेत आयोजकले आग्रह गरेको छ ।
कार्यक्रम हुने मिति , समय र स्थान
मिति: ० ८ सेप्टेम्बरमा २०२३
समय: दिनको ठिक ०१ बजे
स्थान: Aspire indian international School