Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक महिला यात्रुले जहाजमा रहेका सबै बदाम किन्नुपर्यो…

एक महिला यात्रुले जहाजमा रहेका सबै बदाम किन्नुपर्यो…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०८० बुधवार • १३:२०:२५ बजे
  • 1.2K
    SHARES
  • एक महिला यात्रुले जहाजमा रहेका सबै बदाम किन्नुपर्यो…

    कहिलेकाहीँ मानिसहरु सार्वजनिक स्थानमा केबल आफ्नो सहजतालाई ध्यानमा राख्दै केही यस्तो काम गर्छन् कि जुन अरु मानिसले कल्पना पनि गरेका हुँदैनन् ।

    images

    हालै जर्मनीको डुसेलडर्फबाट बेलायतको लण्डनतर्फ उडेको एउटा जहाजकी एक यात्रुले एउटा यस्तै हर्कत गरेकी छिन् । ले विलियम्स नामकी ती २७ वर्षीया युवतीले जहाजमा चढेर उडान भरिसकेपछि जहाजभित्र रहेका बदामका सबै प्याकेट खरीद गरिन् । बदामका सबै प्याकेट किन्नका लागि उनले करीब २४ हजार रुपैयाँ बराबरको रकम खर्चिइन् । आखिर जहाजमा भएभरका सप्पै बदाम किन्नुपर्ने के कारण थियो होला ? अझ अनौठो त के भने उनले ती सबै बदाम खानका लागि खरीद गरेकी थिइनन् ।

    जहाजमा रहेका सबै बदाम किन्नुको उनको एकमात्र उद्देश्य ती बदाम अरु यात्रुहरुले किन्न नपाउन् भन्नु थियो । आफ्नो नजिक रहेका कुनै व्यक्तिले बदाम किनेर खाँदा उनलाई समस्या पर्दथ्यो । वास्तवमा उनलाई एनाफिलेक्टिक शकको समस्या थियो । यो एउटा गम्भीर खालको एलर्जी हो, जुन प्राणघातक पनि हुनसक्छ । यदि उनको नजिकै रहेको कुनै मानिसले बदामको प्याकेट किन्यो भनेपनि त्यसले उनलाई गम्भीर असर पूराउँथ्यो र त्यो उनका लागि खतरनाक हुनसक्थ्यो ।

    विलियम्स विमानमा यात्रा गर्ने बेलामा सुरुमै विमान कर्मचारीहरुलाई अनुरोध गरेर जहाजमा कसैले पनि बदाम नखानका लागि सूचना जारी गराउँथिन् । तर यो पटक भने विमान कर्मचारीहरुले उनको अनुरोध अस्वीकार गरे । त्यसरी कसैलाई बदाम खान र किन्नबाट रोक लगाउनु एयरलाइन्सको नीति विपरीत रहेको जहाजका कर्मचारीले जवाफ दिए ।

    विमान कर्मचारीहरुले आफ्नो कुरा नसुनेको र आफ्नो समस्याको गम्भीरता पनि नबुझेको उनले बताएकी छिन् । त्यसपछि उनी निराश भइन् । उनका अगाडि विमानमा रहेका सबै बदाम खरीद गर्नुको विकल्प रहेन । अन्ततः उनले १६८ युरो रकम खर्चेर विमानमा रहेका सबै ४८ प्याकेट बदाम खरीद गरिन् ताकि अरु कुनै यात्रुले ती बदाम किनेर प्याकेट नखोलोस् । युरोविंग नामक वायुुसेवाको जहाजमा जर्मनीबाट लण्डन जानका लागि उनले ५८ युरो मूल्यको टिकट काटेकी थिइन् । तर उनले विमानको त्यसको करीब तेब्बर अर्थात् १६८ युरोको बदाम किन्नुपर्यो ।

    –एजेन्सीको सहयोगमा

  • सम्बन्धित विषय:

  • # एक महिला यात्रु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology