Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफ्रिकामा प्रवासी चढेको डुङ्गा पल्टियो, ६० भन्दा बढीको मृत्यु

अफ्रिकामा प्रवासी चढेको डुङ्गा पल्टियो, ६० भन्दा बढीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०८० बिहिवार • १०:२१:५१ बजे
  • 421
    SHARES
  • अफ्रिकामा प्रवासी चढेको डुङ्गा पल्टियो, ६० भन्दा बढीको मृत्यु

    पश्चिम अफ्रिकाको केप भर्डेको तटमा आप्रवासीको डुङ्गा पल्टिँदा ६० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरिएको छ ।

    images

    इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ । उक्त डुङ्गामा करिब १०० जना सवार थिए, जसमध्ये अधिकांश सेनेगल र सियरा लियोनका थिए र एक महिनादेखि समुद्र यात्रा गरिरहेका थिए ।

    यो दुर्घटना कहिले भएको हो भन्ने अझै खुलेको छैन । पुलिसले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार जहाज पहिलो पटक सोमबार देखिएको थियो । प्रारम्भिक रिपोर्टमार्फत डुङ्गा डुबेको जानकारी प्राप्त भयो । प्रहरीका अनुसार काठको डुङ्गा साल टापुबाट लगभग ३२० किलोमिटर (२०० माइल) पर देखिएको थियो । त्यसपछि अधिकारीहरूलाई सतर्क गरिएको थियो ।

    सेनेगलको विदेश मन्त्रालयले मङ्गलवार ढिलो जारी गरेको विज्ञप्तिमा उक्त डुङ्गा १०१ जना यात्रु लिएर सेनेगलबाट जुलाई १० मा प्रस्थान गरेको जनाएको छ ।

    मन्त्रालयले केप भर्डेका अधिकारीहरूसँग बाँचेकाहरूलाई फिर्ता गराउनका लागि सम्पर्कमा रहेको बताएको छ । केप भर्डे स्पेनिस क्यानरी टापुका लागि समुद्री मार्ग हो, पश्चिमी अफ्रिकाको तटबाट लगभग ६०० किलोमिटर टाढा, जुन प्रायः युरोपियन युनियनमा प्रवेश गर्न प्रयोग गरिन्छ ।

    आइओएमका प्रवक्ता सफा मशेलीले भनिन्, ‘माइग्रेसनका लागि सुरक्षित र नियमित मार्गको निकै कमी छ । जसले गर्दा मानव तस्करहरूलाई त्यस्ता जोखिमपूर्ण मार्गमा मानिस पठाउने अवसर मिल्छ ।’

    आइओएमको तथ्याङ्कअनुसार सन् २०२२ मा क्यानरी टापु पुग्ने प्रयास गर्दा कम्तीमा ५५९ जनाको ज्यान जाने अनुमान गरिएको छ भने यस वर्षको पहिलो ६ महिनामा सोही मार्गमा १५ वटा जहाज दुर्घटनामा परी १२६ जनाको कि त मृत्यु भएको कि घाइते भएका छन् ।

  • सम्बन्धित विषय:

  • # ६० भन्दा बढीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology