Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेका कार्यक्रममा ओलीको मात्रै फोटो राख्न पाइने

एमालेका कार्यक्रममा ओलीको मात्रै फोटो राख्न पाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३२, २०८० बिहिवार • १७:१२:१६ बजे
  • 481
    SHARES
  • एमालेका कार्यक्रममा ओलीको मात्रै फोटो राख्न पाइने

    नेकपा एमालेले पार्टी र भ्रातृ संगठनका कार्यक्रममा आफ्ना जीवित नेतामध्ये अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर राख्न पाइने गरी सर्कुलर गर्ने तयारी गरेको छ । पछिल्लो पार्टी सचिवालय बैठकमार्फत् एमालेले यस्तो निर्णय गरेको हो ।

    images

    अध्यक्ष ओलीले पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी सचिवालयको निर्णय सुनाएका थिए । उनले निर्णय सुनाए पनि एमालेले औपचारिक रुपमा सर्कुलर पठाउन बाँकी छ । पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार बिहीबार साँझ उक्त सर्कुलर जारी गरिने छ ।

    ‘फोटोको मामिलामा भद्रगोल नै भयो, अब त अखिलको प्रारम्भिक कमिटी अध्यक्षले पनि कार्यक्रममा आफ्नो फोटो ठूलो पारेर राख्न थाले,’ रिमालले अनलाइनखबरसँग भने, ‘कोही नेता अतिथि भएर गए भने उसैको फोटो राखिदिने, म गएँ भने मेरै फोटो पनि ढलक्क ढल्काइदिइहाल्ने । यो त हुँदै भएन भनेर यस्तो निर्णय गरेका छौं ।’

    एमालेले फोटो राख्ने क्रममा पहिलो तस्वीर र पुष्पलालको, दोस्रो मदन भण्डारीको, तेस्रो मनमोहन अधिकारीको राख्ने गर्छ । अब त्यसको चौथो क्रममा ओलीको राखिने पार्टी निर्णय छ ।

    रिमालले फेसबुकमा लेखेका छन् :

    – कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने,

    – मञ्चको प्रयोग वक्ताले मात्र गर्ने,

    – अतिथि र वक्ताहरुलाई दर्शक दीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने,

    – कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने,

    – कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने ।

    उनीभन्दा अघि ओलीले फेसबुकमार्फत कार्यक्रम व्यवस्थापनबारे विभिन्न निर्णय गरेको खुलाएका छन् । ‘फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसन ग्रहण गराएर समय बर्बाद गर्नुभएन भन्ने सुझाव दिने गर्नु भएको थियो,’ उनले लेखेका छन्, ‘तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ । यसैगरी अब अनुहारै छोपिनेगरी खादा–माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology