Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनिल शर्माको असंसदीय शब्द रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग

सुनिल शर्माको असंसदीय शब्द रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३, २०८० आइतवार • १४:२४:५७ बजे
  • 583
    SHARES
  • सुनिल शर्माको असंसदीय शब्द रेकर्डबाट हटाउनुपर्ने माओवादीको माग

    सभामुखले बोलाएको बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले २९ साउनको बैठकमा प्रयोग गरेको शब्द असंसदीय हो कि होइन भन्ने बहस भएको छ ।

    images

    १० साउनयता अवरुद्ध सदन सञ्चालन गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले आइतबार दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माले सरकारलाई आतंककारी भनेको र यो शब्द असंसदीय भएकाले संसदको रेकर्डबाट हटाउनुपर्ने बताए ।

    उनले शर्मा बोलेकै दिन पनि संसदमा नियमापत्ति गरेका थिए । शर्माको दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले अध्ययन गर्नुपर्नेमा जोड दिइन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका पदम गिरीले भने सांसद शर्माले प्रश्न मात्र गरेकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने मत राखेका थिए । बैठकमा कानुननमन्त्री धनराज गुरुङ पनि उपस्थित थिए ।

    एक सहभागीका अनुसार गुरुङले शर्माले असंसदीय शब्द नबोलेको बताए । मोरङ ३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले आफूलाई पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै २९ साउनको संसद बैठकमा भनेका थिए, ‘यो देशको गृहमन्त्री र प्रधानमन्त्री आंकतकारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको ?’

    शर्मालाई नक्कली प्रमाणपत्र भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ साउनमा पक्राउ गरेको थियो । तर अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएपछि उनी भोलिपल्ट २६ गते छुटेका थिए ।

  • सम्बन्धित विषय:

  • # सुनिल शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology