Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कल्याणकारी नेपाली युवा समाज कुवेतको दोश्रो सांगीतिक धमाका ६ अक्टोबरमा हुने

कल्याणकारी नेपाली युवा समाज कुवेतको दोश्रो सांगीतिक धमाका ६ अक्टोबरमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र ४, २०८० सोमवार • ००:२९:३४ बजे
  • 3.7K
    SHARES
  • कल्याणकारी नेपाली युवा समाज कुवेतको दोश्रो सांगीतिक धमाका ६ अक्टोबरमा हुने

    कुबेत - कल्याणकारी नेपाली युवा समाज कुवेतको दोश्रो सांगीतिक धमाका ६ अक्टोबर २०२३ मा हुने भएको छ । 

    images

    कुवेतको नेपाली समाजमा “हाम्रो एकता समाज सेवामा प्रतिबद्धता” भन्ने मुल नारालाई लिएर सन २०१७ मा गठन भएको सस्थाले यही आउदो अक्टोबर ६ तारिक शुक्रवारको दिन नेपालका चर्चित राष्ट्रिय कलाकार कुवेत ल्याई साँस्कृतिक कार्यक्रम गर्ने संरक्षक निरज सिंह ठकुरीले जानकारि दिएका छन् ।

    कुवेतको नेपाली समाजमा स्थापना भएका सस्थाहरु मध्य कल्याणकारी नेपाली युवा समाज पनि सामाजिक कार्यमा सकृय छ । सस्थाले उल्लेखनीय मानवीय सेवा तथा सामाजिक कार्य गर्दै आएको छ । सस्थाले पहिलो सांगीतिक धमाका चर्चित कलाकारको साथमा भव्यताका सम्पन्न गरिसकेको छ । दोश्रो सांगीतिक धमाका कार्यक्रमका लागि नेपाल देखि आउने अतिथि कलाकार र कुवेतको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने बारेमा चाडै नै निर्णय गरेर मिडिया मार्फत जानकारी गराउने संरक्षक ठकुरीले बताए ।

    उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई कार्यकाममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै संघ संस्थाले कार्यक्रम नजुधाई दीनुहुन समेत आयोजकले आग्रह गरेको छ।

    कार्यक्रम : “कल्याणकारी दोस्रो सांगीतिक धमाका”
    मिति : ६ अक्टोबर २०२३ शुक्रबार
    स्थान : स्थान तय नभएको चाडै नै जानकारी गराउने ।
    समय : बिहान् ठिक ११ बजे देखी
    आयोजक : कल्याणकारी नेपाली युवा समाज कुवेत

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology