Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केपी ओली यसै वर्ष पक्राउ पर्दैछन् : मेटमणी चौधरी

केपी ओली यसै वर्ष पक्राउ पर्दैछन् : मेटमणी चौधरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ६, २०८० बुधवार • ०९:५०:५४ बजे
  • 649
    SHARES
  • केपी ओली यसै वर्ष पक्राउ पर्दैछन् : मेटमणी चौधरी

    सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।

    images

    मंगलवार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले यस्तो दाबी गरेका हुन् । उनले अध्यक्ष ओली सुन तस्करीमा संलग्न रहेको आरोप पनि लगाए । चौधरीले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको भन्दै पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद् अवरुद्ध गरिरहेको आरोप लगाए ।

    ‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन्’, उनले भने, ‘हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ ।

    केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संसद् अवरोध गर्ने बखेडा झिकिरहेका छन् । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।’

    प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा समेत गरे ।

  • सम्बन्धित विषय:

  • # मेटमणी चौधरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology