Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म कुनै भ्रष्टाचारमा संलग्न छैन ,हत्कडी लगाउन सक्दैनन् : ओली

म कुनै भ्रष्टाचारमा संलग्न छैन ,हत्कडी लगाउन सक्दैनन् : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०८० बिहिवार • १९:००:०३ बजे
  • 2.3K
    SHARES
  • म कुनै भ्रष्टाचारमा संलग्न छैन ,हत्कडी लगाउन सक्दैनन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने ठाउँ नराखेको बताएका छन् । एमालेसम्वद्ध भूपू सैनिक तथा प्रहरी संगठन, भक्तपुरको कार्यक्रममा बिहीबार अध्यक्ष ओलीले केही मानिसहरु आफ्नाविरुद्ध लागेको बताए ।

    images

    ‘अस्ति एउटा पुलिसको अफिसर बोलेको देखेको थिएँ मेरै नाम लिएर’ अहिले फोहोरी हावा बगेको भन्दै उनले भने, ‘हिजो मेरो मातहतमा बसेर काम गरेको हो । उसलाई राम्ररी थाहा छ, म कुनै भ्रष्टाचारमा संलग्न हुन्न, नराम्रो काम गर्दिन भन्ने देखेको छ, तर आज कसका लागि मेराविरुद्ध बकवास गरेर हिँड्छ ?’

    ‘म प्रधानमन्त्री हुँदा, म परारष्ट्रमन्त्री हुँदा, म गृहमन्त्री हुँदा मेरा काम कारबहीहरुमा एक शब्द नचिप्लिओस् भनेर मैले कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, निर्णय गर्ने गरेको छु ।’ यत्रो भ्रष्टाचार र तस्करीको काण्डहरु भएका बेला पनि एमालेले गर्‍यो भनेर भ्रम छरिएको उनले बताए ।

    अब पनि केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो भनेर प्रचार गर्न सक्ने उनले बताए । हिजो मन्त्री वा प्रधानमन्त्री हुँदा आफूले कानुनी रुपमा हत्कडी लगाउने कुनै पनि ठाउँ नराखी काम गरेको ओलीले बताए । ‘पहिले पञ्चायत कालमा जस्तै झुटैमा जाने हो भने बेग्लै कुरा हो’ हुँदै नभएको कुरामा १० वर्ष सजाय भनेर सुनाएको र त्यो अवधि पूरा भएपछि पनि ४ वर्ष त्यसै थुनेको भन्दै उनले अगाडि भने, ‘तर कानुनले हत्कडी लगाउनसक्ने कुनै ठाउँ केपी ओलीले राख्दै राख्दैन, राखेको छैन ।’

    आफ्ना विरोधीहरु छन्, उनीहरु कुनै पनि बेला जाइलाग्न सक्छन् भन्ने बुझेर आफू निकै सतर्क भएको र शब्दशब्द हेरेर मात्र निर्णय गरेको उनको दाबी छ । आफूलाई कसैले गोली हान्न सक्ने तर कानुनी रुपमा हत्कडी लगाउन नसक्ने भन्दै ओलीले अगिाडि भने, ‘म प्रधानमन्त्री हुँदा, म परारष्ट्रमन्त्री हुँदा, म गृहमन्त्री हुँदा मेरा काम कारबहीहरुमा एक शब्द नचिप्लिओस् भनेर मैले कानुन पल्टाइपल्टाई फैसला गर्ने गरेको छुु, निर्णय गर्ने गरेको छु ।’

    माकुराको जालोमा भैंसी फस्दैन भन्ने बुझ्नुपर्ने उनले बताए । ‘यिनीहरु माकुरोका जालो बनाउन हिँड्छन् केपी ओलीलाई पार्न’ उनले भने, ‘केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न जिउले थाहा पाउँछ । केपी ओली आफ्नो देश बनाउने अभियानमा अगाडि बढेको छ । तपाईंहरु विश्वस्त रहनुस् ।’ सुनकाण्डलाई लुकाउन गिरिबन्धु टी इस्टेट केपी ओलीले खायो भनेर झुटा प्रचार गरिएको उनको दाबी छ ।

    ‘पहिले पटकपटक गरेर ७० विघा बेचेको थियो उहाँहरुकै सरकारले’ आफू आएपछि कानुनबिना बेच्नै हुँदैन, कानुन बनाउनुपर्छ भनेर कानुन बनाएको भन्दै उनले भने, ‘कानुन भएपछि भ्रष्टाचारको लेनदेन चाहिँदैन भनेर कानुन बनाइदिएँ । अनि चाहिँ भ्रष्टाचार भयो रे !’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology