Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ट्रम्पले २० मिनेट मात्र जेलमा बिताए

ट्रम्पले २० मिनेट मात्र जेलमा बिताए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०८० शुक्रवार • १०:३९:१७ बजे
  • 1.4K
    SHARES
  • ट्रम्पले २० मिनेट मात्र जेलमा बिताए

    पूर्व अमेरिकी राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे र त्यहाँ २० मिनेट बिताए । समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प जमानतमा रिहा भइसकेका छन् ।

    images

    ट्रम्पले जमानतको लागि जेल अधिकारीहरूलाई दुई लाख डलर तिरेका छन् । एटलान्टाको हार्ट्सफिल्ड–ज्याक्सन एयरपोर्टमा आफ्नो निजी विमानमा चढ्नुअघि उनले यो विषय राजनीतिक रूपमा प्रेरित भएको दोहोर्‍याए ।

    उनले भने, ‘यहाँ जे भएको छ त्यो न्यायको मजाक हो, मैले कुनै गल्ती गरेको छैन र सबैलाई थाहा छ ।’ सन् २०२० को चुनावमा पराजयलाई उल्ट्याउन खोजेको भन्दै उनीविरुद्ध यो मुद्दा चलिरहेको छ ।

    जेलबाट ट्रम्पको आधिकारिक तस्बिर (मगसट) जारी गरिएको छ । ट्रम्पको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो । अमेरिकाको इतिहासमा पूर्व राष्ट्रपतिको मगसट सार्वजनिक भएको यो पहिलो पटक हो ।

  • सम्बन्धित विषय:

  • # जेलमा बिताए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology