Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसद विघटन गर्ने शक्तिले संविधान संशोधन हुन दिएनन् : प्रचण्ड

संसद विघटन गर्ने शक्तिले संविधान संशोधन हुन दिएनन् : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०८० शुक्रवार • १७:२४:५३ बजे
  • 889
    SHARES
  • संसद विघटन गर्ने शक्तिले संविधान संशोधन हुन दिएनन् : प्रचण्ड

    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटन गर्ने शक्तिले संविधान संशोधन गर्न नदिएको आरोप लगाएका छन् । शुक्रबार पर्साको वीरगञ्जमा आयोजित प्रदेशस्तरीय समाजवादी मोर्चा घोषणा कार्यक्रममा एमालेप्रति लक्षित गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।

    images

    उनले दोस्रोपटक प्रधानमन्त्री बनेको बेला संविधान संशोधन प्रस्ताव रोकेको आरोप लगाएका हुन् । ‘तपाईँहरूलाई थाहै छ । म सिराहबाट दोस्रोपटक निर्वाचित भएपछि दोस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाएँ’, उनले भने, ‘मधेशको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्ताव ल्याएको थिएँ । तर पटक पटक संविधान च्यात्न खोज्ने र संसद विघटन गर्ने शक्तिले संशोधन हुन दिएनन् ।’

    जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्तिहरू सरकार र मोर्चामा रहेकाले देशको आमुल परिवर्तन सम्भव रहेको उनले जिकिर गरे । ‘समाजवादी मोर्चामा जनयुद्धको कमाण्डर रहेको व्यक्तिले सरकारको नेतृत्व गरेको छ । पटक पटक जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन गरेका शक्ति सरकारमा र मोर्चामा छन् ।

    अहिले परिवर्तन नभए कहिले हुन्छ । सुशासन र समृद्धिको यात्रालाई वर्तमान सरकारले नै पुर्याउँछ’, उनले भने कार्यक्रममा प्राप्त उपलब्धिलाई बदनाम गराउन केही शक्ति लागेको उनको आरोप छ ।

    उनले जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनबाट भएको परिवर्तनलाई विकृत बनाउने, बदनाम गराउने कुचेष्टाका साथ ती शक्तिहरू लागेकाले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडक तीनवटै मोर्चा प्रभावकारी बनाउन समाजवादी मोर्चा घोषणा गरेको उनले जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology