Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओली, प्रचण्ड र देउवाबीच यसरी मिल्यो भागबण्डा !

ओली, प्रचण्ड र देउवाबीच यसरी मिल्यो भागबण्डा !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७७ बिहिवार • ०९:०१:५९ बजे
  • 1.7K
    SHARES
  • ओली, प्रचण्ड र देउवाबीच यसरी मिल्यो भागबण्डा !
    नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।
    राजनीतिक दल र नेताहरूबीच भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाएका छन् । राजनीतिक भागबन्डाकै आधारमा ती विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो । सत्तारूढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वार्थ नमिलेका कारण एक वर्षसम्म ती विश्वविद्यालय उपकुलपतिविहीन बने । स्वार्थ मिलेपछि आइतबार मात्र तीनवट विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो ।
    नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । संस्कृत विश्वविद्यालयमा नियुक्त भएका लामिछाने प्रगतिशील प्राध्यापक संगठनका अध्यक्षसमेत हुन् । योग्यता र क्षमताभन्दा पनि राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्ति गर्दा उच्च शिक्षा गुणस्तरीय हुन नसकेको विज्ञहरूको भनाइ छ ।
    विश्वविद्यालयमा उपकुलपतिका साथै अन्य पदाधिकारी पनि राजनीतिक भागबन्डामै नियुक्त गर्दा शैक्षिक गुणस्तर कमजोर बन्दै गएको छ । क्षमताभन्दा पनि राजनीतिक आस्थाका आधारमा नेतृत्व दिँदा विश्वविद्यालयको गुणस्तर खस्कँदै गएको कृषि तथा वन विश्वविद्यालयका सहप्राध्यापक डा. ईश्वरीप्रसाद कडरियाको भनाइ छ । नागरिक दैनिकबाट

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology