Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल एयरलाइन्सले आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान भर्ने

नेपाल एयरलाइन्सले आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान भर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०८० मंगलवार • ०८:५५:१७ बजे
  • 910
    SHARES
  • नेपाल एयरलाइन्सले आजदेखि  भैरहवाबाट हङकङ र दिल्ली उडान भर्ने

    नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ ।

    images

    अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।

    बिहान ९ बजे भैरहवाबाट काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ ।

    यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो । भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमले उल्लेख गरेको छ ।

     

  • सम्बन्धित विषय:

  • # हङकङ र दिल्ली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology