Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इराकमा ३०० बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी

इराकमा ३०० बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०८० मंगलवार • ०८:५९:११ बजे
  • 1.5K
    SHARES
  • इराकमा ३०० बढीको ज्यान लिने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी

    ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी २०१६ मा बग्दादमा बम विस्फोट गराउने तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको छ । त्यो घटना २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि बै सबभन्दा घातक थियो ।

    images

    घटनाको इस्लामिक स्टेट समूह (आईएस)ले जिम्मा लिएको थियो । इराकका प्रधानमन्त्री मोहम्मह शिया अल सुदानीको कार्यालयले फाँसी दिइएका व्यक्तिहरु कोको हुन् र उनीहरुलाई कहिले फाँसी दिइयो भन्ने बताएको छैन । प्रधानमन्त्रीले पीडित परिवारलाई बम आक्रमणमा संलग्नहरुलाई उचित सजाय दिइएको जानकारी दिएको कार्यालयले जनाएको छ ।

    सरकारी स्रोतले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार फाँसी दिइएकामध्ये एक आईएसका मास्टरमाइण्ड मानिने गजवान अल जौबाई पनि छन् । उनी २०२१ मा पक्राउ परेका थिए । ३ जुलाई २०१६ मा इराकी राजधानीको मुख्य शिया मुस्लिम क्षेत्र कर्राडाको शपिङ सेन्टर नजिककै विस्फोटक पदार्थले भरिएको एक सवारीमा विस्फोट गराइएको थियो

    । त्यो समयमा रमजानका लागि आफ्नो दैनिक उपवास तोडेपछि रातको समय मानिसहरु त्यहाँ जम्मा भएका थिए । बम विस्फोटपछि भवनमा आगो लागेको थियो, जसमा परेर मानिसहरुले ज्यान गुमाए । यो घटनापछि तत्कालीन आन्तरिक मामिलामन्त्री मोहम्मद गब्बनले राजीनामा दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology