Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्रका नेताहरू वडा वडामा

माओवादी केन्द्रका नेताहरू वडा वडामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०८० मंगलवार • ०९:३३:५४ बजे
  • 1.1K
    SHARES
  • माओवादी केन्द्रका नेताहरू वडा वडामा

    प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको ९ महिनापछि सत्तारूढ दल माओवादी केन्द्रका नेताहरू वडा–वडामा पुग्न थालेका छन् ।

    images

    गत मङ्सिर ४ निर्वाचनमा ३२ सिटमा खुम्चिएको माओवादी ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान लिएर वडा तहमा पुग्न थालेको हो । साउन (१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि पदाधिकारीसहित केन्द्रीय समितिहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही बमोजिम पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको कार्य विभाजन टुङ्ग्याएर वडा वडामा खटाइएको छ ।

    भदौ १६ गते प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले अभियानको भव्य समारोहबीच ७५३ वटै पालिकामा एकसाथ उद्घाटन गर्ने तयारी गरेको छ । अहिले ६ हजार ७४३ वटै वडामा अभियानलाई सञ्चालन गर्ने विषयमा कार्यक्रम भइरहेको सचिव गणेश साहले जानकारी दिए । ‘सबै प्रदेशमा पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको कार्य विभाजन टुङ्गिएको छ ।

    उहाँहरू अहिले आ–आफ्ना वडामा अभियानको कार्य योजना बनाउन व्यस्त हुनुहुन्छ । तीन महिने अभियान सकिएपछिमात्र काठमाडौँ फर्किनुहुन्छ’, उनले भने । पार्टीका पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्यहरूलाई ७५३ पालिकामध्ये कम्तीमा एउटा वडा हेर्ने गरी जिम्मेवारी तोकिएको छ । बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूलाई खटाउने निर्णय गरेको छ ।

    त्यस्तै पार्टीका केन्द्रीय निकायका पदाधिकारी, सदस्यहरू, विभागका सदस्यहरू, जन वर्गीय सङ्गठन सबैलाई अभियानमा पठाउने निर्णय गरेको छ । २५ लाख जनताको घरमा पुग्ने माओवादीले लक्ष्य राखेको छ ।

  • सम्बन्धित विषय:

  • # नेताहरू वडा वडामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology