Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्छ: मन्त्री किराँती

प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्छ: मन्त्री किराँती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १३, २०८० बुधवार • १७:०५:३६ बजे
  • 1.1K
    SHARES
  • प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्छ: मन्त्री किराँती

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मुलुकलाई अघि बढाउन वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने बताएका छन् ।

    images

    टुरिष्ट बस एशोसियसन अफ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा किराँतीले मुलुकका सबै समस्या समाधानका लागि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने र यसका लागि आफू कुर्सी छाड्न पनि तयार रहेको बताए ।

    मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि सवैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किराँतीले राष्ट्रिय सहमतिका लागि आफूले जस्तोसुकै त्याग गर्ने जिकिर गरे ।

    उनले सबै राजनीतिक दलहरु मिलेर नै संविधान जारी भएको भन्दै सबैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताए । किराँतीले एकात्मक राज्यका समयमा बनाइएको पर्यटन ऐनलाई अव संघीयता अनुसार परिवर्तन गर्नुपर्ने र यस क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राखे ।

  • सम्बन्धित विषय:

  • # मन्त्री किराती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology