Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माधव नेपाल निर्दोष सावित भए: प्रधानमन्त्री

माधव नेपाल निर्दोष सावित भए: प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०८० शुक्रवार • २०:०५:४५ बजे
  • 997
    SHARES
  • माधव नेपाल निर्दोष सावित भए: प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको दाबी गरेका छन् । समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले अब नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको बताए । ‘माधवजी यहीँ हुनुहुन्छ ।

    images

    माधवजीबारे पनि धेरै प्रश्नहरु के हो कसो हो भनिराखे’ उनले भने, ‘पहिलो चोटी उहाँ निर्दोष हो भन्ने साबित भयो । अब फेरि प्रश्न उठाउने ठाउँ रहेन ।’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रुपमा दिएको उनको दाबी छ ।

    यससँगै आफ्नो पनि टेन्सन हटेको उनले सुनाए । ‘माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि थियो’ केपी ओली प्रधामन्त्री हुँदा पनि षड्यन्त्र हुने हो कि भन्ने आशंका रहेको भन्दै उनले भने, ‘अब त्यो स्थिति रहेन ।’ सरकार ‘निर्दोष नफसुन्, दोषी नछुटुन’ भन्ने मान्यताका साथ अगाडि बढेको भन्दै उनले दोषी (जेल) गइरहेका र निर्दोषहरु निर्दोष साबित भएको दाबी गरे ।

    भ्रष्टाचार विरुद्धको अभियानका क्रममा अनुसन्धान गर्दै जाँदा बाटोमा प्रचण्ड देखिए पनि नछोड्नुस् भनेर आफूले भनेको उनले दोहोर्‍याए ।

    आफूले अनुसन्धानकर्ताहरुलाई दिएको निर्देशन भन्दै उनले सुनाए, ‘दोषी छ भने जोसुकै होस्, माओवादी होस्, कांग्रेस होस, एमाले होस् समाजवादी होस् कोही नछुटुन्, निर्दोष कोही नपुरुन् ।’

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology