Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सेटिङबिना क्वीन्टका क्वीन्टल सुन भित्रिन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

सेटिङबिना क्वीन्टका क्वीन्टल सुन भित्रिन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०८० शुक्रवार • २०:१०:२९ बजे
  • 619
    SHARES
  • सेटिङबिना क्वीन्टका क्वीन्टल सुन भित्रिन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन तस्करी हुने थाहा पाएपछि सरकारले कारबाही गरेको बताएका छन् ।

    images

    समाजवादी मोर्चाले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले सरकारले तत्कारीमाथि अंकुश लगाएको जिकिर गरे ।

    ‘नेपालको विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन भित्रिँदो रहेछ । त्यतिधेरै सुन सेटिङबीना भित्रिन सम्भव छैन’, उनले भने, ‘ठूलो मात्रामा विमानस्थलबाट सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेको हो ।

    सुन तस्करी नरोकेसम्म अर्थतन्त्र बलियो हुने छैन ।’ प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकार कडा ढंगले अगाडि बढ्ने बताए ।

    नक्कली शरणार्थी, ललिता निवास, सुन प्रकरण, मिटरब्याज समस्या हल गरी सरकारले सुशासन कायम गरी छाड्ने उनले प्रतिबद्धता जनाए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology