Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पार्टी बलियो बनाउन कार्यकर्तालाई माधव नेपालको निर्देशन

पार्टी बलियो बनाउन कार्यकर्तालाई माधव नेपालको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०८० शुक्रवार • २०:११:३३ बजे
  • 640
    SHARES
  • पार्टी बलियो बनाउन कार्यकर्तालाई माधव नेपालको निर्देशन

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत पार्टी बलियो बनाउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

    images

    उनले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गरे । उनले भने, ‘ । म हाम्रो पार्टीको कार्यकर्तालाई भन्न चाहन्छु । आफ्नो पार्टी पनि बलियो बनाउनुस् । समाजवादी मोर्चालाई पनि गतिशील बनाउनुस् ।’ उनले एकीकृत समाजवादी माओवादीमा विलिन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरुका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको बताए । ‘म सुन्ने गर्दछु, यो मोर्चा बनाएपछि यो पार्टीहरु विलिन हुनेछन् । हाम्रै पार्टीभित्र पनि कतिपयलाई लागेको छ, यो माओवादीमा विलिन हुने हो कि भनेर ।

    अरु कसैलाई जनता समाजवादी पार्टीमा लागेको पनि होला । जताजता मिल्न मन लागेको छ, उहाँहरुलाई मिल्नमा हामी रोक लगाउँदैनौँ । तर हाम्रो पार्टीको कुरा हामी भन्नेछौँ ।’ उनले भने । उनले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आवद्ध पार्टीका सबैलाई आग्रह गरे । उनले आपसमा खुट्टा नतानी काम गर्न निर्देशन दिए । उनले भने, ‘प्रत्येक पार्टीलाई भन्न चाहन्छु, तपाईहरु आ–आफ्नो ठाउँमा जनताको माझमा जानुस् ।

    संगठन गतिशील बनाउनुस् । जनतासँग जोडिनुस् । राम्रो काम गर्नुहोस् । राम्रो व्यवहार देखाउनुहोस् । असल आचरण देखाउनुहोस् । तपाईहरु असल नेता बन्नुहुनेछ ।’ काम गर्नसके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि उनको आग्रह छ । ‘तपाईहरुलाई म भन्न चाहन्छु खुट्टा तान्ने होइन । यो अर्को पार्टीको मान्छेले काममा प्रभाव फैलाउन थाल्यो भनेर अन्तर्विरोध गराउने होइन । काम गर्नुस् । गर्नुहुन्न भन्ने पन्छिनुस् । कि काम गर्नुस् कि बाटो छोड्नुहोस् ।’ उनले भने ।

    उनले नर्सिङ पढाउने कलेज बन्द भएका कारण विद्यार्थीहरु पढ्न विदेश जानुपर्ने स्थिति आएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । विद्यार्थीहरुलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड छ । उनले नेपालको शिक्षण संस्थालाई बढावा दिने नीति बनाउनुपर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपालको निर्देशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology