Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ऐन संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

ऐन संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०८० सोमवार • १७:३४:५० बजे
  • 757
    SHARES
  • ऐन संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

    केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

    images

    लगत्तै नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरे । सांसदको संख्या गन्दा संसदमा ८३ सांसद उपस्थित भएको पुष्टि भयो ।

    गणपूरक संख्याका लागि ६९ सांसद आवश्यक रहेको र त्यो संख्या पुगेको भन्दै सभामुखले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

    सभामुखले बिचार गरियोस् भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि ‘हुन्न’ भनेनन् । हुन्न भन्ने आवाज नसुनिएको उल्लेख गर्दै सभामुख घिमिरेले प्रस्तुत प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएको घोषणा गरे ।

    यसअघि यही भदौ १२ गते बसेको बैठकमा गणपुरक संख्या नपुगेका कारण यो विधेयक अगाडि बढ्न सकेको थिएन । अब यो विधेयकमाथि सांसदहरुले ७२ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्न सक्छन् ।

  • सम्बन्धित विषय:

  • # ऐन संशोधन गर्न बने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology