Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०८० मंगलवार • १०:३०:४९ बजे
  • 736
    SHARES
  • बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेले दिए राजीनामा

    नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् ।

    images

    सामाजिक सञ्जाल फेसबुक मार्फत काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेको तस्वीर सार्वजनिक गर्दै राजीनामा दिएको जानकारी गराएका हुन् ।

    कांग्रेस केन्द्रीय सदस्यको रुपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि प्रमुख सचेतकबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् । तर राजीनामाको कारण पार्टीको काम गर्न समय नपुगेको उल्लेख गरिए पनि उनको राजीनामाको कारण भने संसदीय दलका नेता लामासँगको सम्बन्धमा आएको समस्याको कारण रहेको स्रोतको दाबी रहेको छ ।

    काफ्लेले लामालाई दलको नेता बनाउन सहयोग गरेका थिए । तर लामाले दलको नेता भएपछि काफ्लेलाई प्रदेशको मन्त्रिपरिषद्मा सहभागि नगराएपछि उनीहरुबीचको सम्बन्ध बिग्रिएको स्रोतको दाबी छ ।

    kundanraj-kafle-sts.png

  • सम्बन्धित विषय:

  • # काफ्लेले दिए राजीनामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology