कुबेत - नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपालबाट अतिथि कलाकार लोक दोहोरी गायिका मञ्जु पौडेल कुवेत आईपुगेकी छिन ।
कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थलमा कलाकार मन्जु पौडेलको स्वागतका लागि आयोजक नेपाल कुवेत साँस्कृतिक मन्च परिवार र कुवेतमा कृयाशील नेपाली संस्थाका प्रतिनिधिहरु, पत्रकार साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

कुवेतस्थित Aspire indian international School जिलिबको हलमा नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका ०८ सेप्टेम्बर शुक्रवारको दिन चर्चित लोकदोहोरी गायिका मञ्जु पौडेलको साथै स्थानीय कलाकारको बेजोड सांगीतिक प्रस्तुती रहने छ ।
कार्यक्रम हुने मिति,समय र स्थान
मिति: ० ८ सेप्टेम्बरमा २०२३
समय: दिनको ठिक ०१ बजे
स्थान: Aspire indian international School
आयोजक: नेपाल कुवेत साँस्कृतिक मन्च