Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नयाँ मुख्यसचिवमा नियुक्त

परराष्ट्र मन्त्रालयका सचिव  शंकरदास बैरागी नयाँ मुख्यसचिवमा नियुक्त , को हुन् बैरागी ?

परराष्ट्र मन्त्रालयका सचिव  शंकरदास बैरागी नयाँ मुख्यसचिवमा नियुक्त , को हुन् बैरागी ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १५, २०७७ बिहिवार • १३:३२:४६ बजे
  • 1.7K
    SHARES
  • परराष्ट्र मन्त्रालयका सचिव  शंकरदास बैरागी नयाँ मुख्यसचिवमा नियुक्त ,  को हुन् बैरागी ?
    पोखरा - मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका सचिव  शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव तोकेको छ। 

    बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
    यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन्।

    मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो। मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए। 

    असोज २२ गतेभित्र रेग्मीलाई बेलायतको राजदूत बनाउने सर्तमा राजीनामा गर्न लगाएर परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने तयारी भइरहेको थियो । असोज १ गते बसेको मन्त्रिपरिषद् बैठकले नै रेग्मीलाई राजदूतमा सिफारिस गरेर बैरागीलाई मुख्यसचिव बनाउने प्रचार भएको थियो । तर, मेसो नमिल्दा सरकारले त्यो निर्णय गरेन ।२०७४ फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै मुख्यसचिव रेग्मीलाई पदमुक्त गर्न दबाब परेको थियो । रेग्मी र प्रधानमन्त्री ओलीका विश्वासपात्र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली छिमेकी जिल्लां वासी हुन् । छिमेकी जिल्लावासीको साइनो त छँदैछ, यसबाहेक प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र नेकपाका महासचिव विष्णु पौडेलमार्फत रेग्मीले ओलीको मन पगाल्न भ्याए । 

    ०७४ मंसिरमा निर्वाचन भएर ओली प्रधानमन्त्री हुने पक्कापक्की भएपछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले प्रदेश प्रमुखहरु नियुक्ति लगायतमा गरेको अनाधिकृत निर्णयहरुलाई रेग्मीले ल्याप्चे छाप लगाईदिएका थिए । तिनै रेग्मीलाई सरकारले अवकाश हुन केही दिन बाँकी रहँदा बेलायतको राजदूत बनाएर पुरस्कृत गर्ने हो कि भन्ने चिन्ता सिंहदरवारभित्र व्याप्त चलेको थियो । मुख्यसचिव भएर रेग्मीले प्रशंसायोग्य काम केही पनि गर्न सकेनन् । बरु उनले अघिल्लो वर्ष आफैले आफैलाई विभूषण दिलाए । 

    को हुन् बैरागी ?
    २०२२ साल माघमा पर्वतमा जन्मिएका पराराष्ट्र सचिव बैरागी २०४४ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका हुन् । उनी २०७२ सालमा परराष्ट्र सचिव भएका थिए । त्यसअघि एक वर्षभन्दा लामो अवधि उनी सोही मन्त्रालयमा निमित्त सचिव भए । परराष्ट्रको इतिहासमै सबैभन्दा लामो समय निमित्त सचिव हुने बैरागी पहिलो पात्र हुन् । स्रोतका अनुसार सचिवका रुपमा उनको पाँचवर्षे कार्यकाल असोज २२ गते पूरा हुँदै थियो । त्यसैले ओली सरकार त्यसअघि नै उनलाई मुख्यसचिव बनाउने सुरसारमा थिए ।

    त्यसो त असोज २२ मै ५ वर्षे सेवा अवधिका कारण पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पनि अवकाश पाउँदैछन् । यसर्थ असोज २२ अघि बैरागीलाई मुख्यसचिव बनाउन खोजे अधिकारी पनि दह्रो प्रतिश्पर्धी थिए ।  
    जानकारहरुका अनुसार बैरागी क्षमतावान भए पनि आफूलाई बढी केन्द्रमा राख्छन् । परराष्ट्र सेवामा उनले अधिकांश समय विदेशमै बिताएका छन् ।
     बैरागीसँग मुलुकभित्रको समग्र कर्मचारी प्रशासन बुझेको अनुभव छैन । परराष्ट्र मन्त्रालयको चार दिवार र विदेशी नियोगमा मात्र ३ दशक बढी बिताएका बैरागीले प्रशासन र प्राविधिक सेवाका एकाधबाहेक कर्मचारी नै चिन्दैनन् । तर, सरकारले उनै बैरागीलाई मुख्यसचिव बनायो भने कर्मचारी प्रशासन झन् भद्रगोल हुने जानकारहरु बताएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology