Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट

वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २१, २०८० बिहिवार • १०:४५:४६ बजे
  • 664
    SHARES
  • वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट

    काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष एवम् क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।

    images

    काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान ७ः३० बजे निधन भएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेले प्रेस विज्ञप्ति जारी गरी रिजालमा भाइरल निमोनिया रहेको जानकारी दिएका छन् ।

    भदौ १७ गते दिउँसो एक बजे दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना भएको विज्ञप्तिमा उल्लेख छ । सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।

    अस्पतालका एक चिकित्सकका अनुसार रिजाल अस्पताल पुग्दाखेरी नै फोक्सोमा गम्भीर असर देखिएको थियो । ‘उहाँ आउँदाखेरि नै फोक्सो कोल्याप्स थियो । डेंगीले त छातीमा असर नै गर्दैन । त्यसले गर्दा डेंगीले मृत्यु भएको हन्ड्रेड पर्सेन्ट होइन ।’ उनलाई अस्पतालमा मेसिनको सहायताले अक्सिजन दिइएको थियो ।

    त्यसपछि घाँटीमा प्वाल पारेर तरल पदार्थ खान दिइएको थियो । तर उनलाई सुधार हुनुको साटो पूरै शरीरमा रगतको संक्रमण फैलिएको थियो । वडाअध्यक्ष रिजालको समस्यालाई डाक्टरहरुले ‘सेप्सिस’ भनेका छन् ।

    ‘त्यसमा डेंगी पनि थपियो होला त्यो अलग कुरा हो तर डेंगीले मृत्यु भएको चाहिँ होइन ।

  • सम्बन्धित विषय:

  • # भाइरल निमोनियाबाट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology