Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोशीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

कोशीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०८० शुक्रवार • १९:४९:३४ बजे
  • 631
    SHARES
  • कोशीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

    कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

    images

    प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् पनि बनाएका छन् । एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

    उनीहरुले पनि शपथ लिएका छन् । सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छिन् ।

  • सम्बन्धित विषय:

  • # मन्त्रीले लिए शपथ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology