Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय होः सरकार

प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय होः सरकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०८० शुक्रवार • २०:०३:३४ बजे
  • 1.3K
    SHARES
  • प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक विषय होः सरकार

    सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ ।

    images

    शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्ने र च्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको उनले बताइन् । शर्माले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गरिन् ।

    उनले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र त्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ ।

    तयारीका सम्बन्धमा हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयहरुसँग सम्बन्धित निकायसँग कोर्डिनेशन गरेर एजेण्डाका विषयमा तयारी भइरहेका छन् ।

    अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुंगो लगाउने प्रक्रिया शुरु भएको छ । द्विपक्षीय कुरा भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रुपमा नै यसको स्वीकृति प्रदान भइसकेपछि एजेण्डा अघि बढ्नेछन् ।

    कतिपय कुरा ध्यानाकर्षण गराउने ढंगले लैजानेछौँ । अमेरिकाबाटै चीन जाने भन्नेकुरा राम्रो होइन भन्ने छ, के मान्ने र त्यसलाई त ? यो भ्रमणको कुरा हो, उद्देश्यमा पुग्ने कुरा हो ।’ प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताइन् ।

  • सम्बन्धित विषय:

  • # सरकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology