Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले दिए डिभोर्स

गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले दिए डिभोर्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०८० शनिवार • १०:४५:४६ बजे
  • 1.3K
    SHARES
  • गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले दिए डिभोर्स

    उसो त आम मानिसहरु कुनै पनि ठाउँमा जाने बाटो पत्ता लगाउन वा कुनै ठाउँको अवस्थिति कस्तो रहेछ भन्ने थाहा पाउनका लागि गुगल म्यापको प्रयोग गर्दछन् । तर कहिलेकाहीँ गुगल म्यापमा खोज्दा यस्ता दृश्यहरु पनि देखिन्छन् जो हामीले कल्पनासम्म पनि गरेका हुँदैनौँ ।

    images

    हालै एकजना व्यक्तिले गुगल म्यापमा यस्तै भयंकर अनुभव संगालेका छन् । ती व्यक्तिले घरबाट निस्किँदा गुगल म्याप हेरे र त्यसमा यस्तो कुरा देखे कि उनको वैवाहिक जीवन नै टुंगियो । गुगल म्यापले प्रायः सम्बन्धित स्थानहरुका केही पुराना जुम इन फोटोहरु राखेको हुन्छ, जसलाई जोकोहीले हेर्न सक्दछ ।

    ती व्यक्तिले गुगल म्यापको एउटा तस्वीरमा आफ्नी पत्नीलाई देखे । पत्नी जुन अवस्थामा तस्वीरमा देखिएकी थिइन् त्यो आपत्तिजनक थियो । जसका कारण उनले पत्नीसँग डिभोर्स गर्ने निष्कर्षमा पुगे । यो घटना पेरुको राजधानी लिमामा भएको हो । गुगल क्यामराले लिएको सो तस्वीर गुगल म्यापमा सबैले देख्ने गरी राखिएको थियो ।

    सन् २०१३ मा खिचिएको आफ्नी पत्नीको सो तस्वीर हालै मात्र उनले देखे र पहिचान गरिहाले । वास्तवमा गुगल म्यापको सो तस्वीरमा उनकी पत्नी सडक किनाराको एउटा बेन्चमा कुनै परपुरुषसँग अन्तरंग पलहरु बिताइरहेको अवस्थामा थिइन् । उनले आफ्नो काखमा टाउको राखेर पल्टिएको एकजना पुरुषको टाउको सुमसुमाइरहेकी थिइन् ।

    सो तस्वीर देखेपछि उनले १० वर्षदेखि पत्नी कुनै परपुरुषसँग सम्बन्धमा रहेर आफूलाई धोका दिइरहेको थाहा पाए । त्यसपछि पत्नीसँग कुराकानी गर्दा उनले पनि विवाहेत्तर सम्बन्ध स्वीकार गरिन् । अन्ततः उनले आफू अब सँगै बस्न नसक्ने भन्दै डिभोर्सको प्रस्ताव राखे । उनीहरुबीच सहमतिमै डिभोर्स भएको छ ।

    ती व्यक्तिले हालै आफ्नो फेसबुकमा गुगल म्यापको उल्लेखित तस्वीर शेयर गरेका छन् जसका कारण उनकी पत्नीको हर्कतको खुलासा भएको थियो । –एजेन्सी

  • सम्बन्धित विषय:

  • # पतिले दिए डिभोर्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology