Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका सम्पन्न

नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका सम्पन्न

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र २३, २०८० शनिवार • २०:४८:४४ बजे
  • 2.3K
    SHARES
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका सम्पन्न

    कुवेत - नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसरमा नेपाल कुवेत साँस्कृतिक मन्चद्वारा आयोजित २२औं प्रस्तुती हरितालिका तीज विशेष सांगीतिक धमाका अथिती कलाकार चर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका मञ्जु पौडेल साथै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । 

    images

     
    कुबेतको जिलिबस्थित  Aspire indian international School को हलमा  आयोजना गरिएको सास्कृतिक कार्यक्रममा नेपाली चेलीहरूको उल्लेख्य रूपमा उपस्थिति रहेको थियो। प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृति,रीति रिवाज र परम्परालाई जगेर्ना गर्नलाई आयोजना गरिएको तिज बिशेष कार्यक्रमका मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा गरिएको कार्यक्रममा नेपाली दूतावास कुवेतकी प्रमुख अतिथि कार्यवहाक राजदूत सुजनी राना, बिशेष अतिथि एनआरएन एनसीसीका अध्यक्ष रणध्वज लामा,नेपाली दूतावास कुवेतको तृतिय सचिव रेवन्त केसी, श्रम सहचारी हेम कुमार अधिकारी, बीईसी एक्सचेञ्ज कुवेतका डम्बर गुरुङ, सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नबराज पन्थी लगायत कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी तथा पत्रकारहरुको आतिथ्यता रहेको थियो ।

    “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चको २२ औ सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथी बिशेष अतिथीलले सामुहिक रुपमा पानसमा दिप प्रज्वलन गरिएको उक्त कार्यक्रमलाई प्रसाद तिमिसना र जीवन सुनारले संयुक्तरुपमा सञ्चालन गरेको थिए। भने मन्चको वरिष्ठ  संरक्षक टिकाराम आचार्यले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।


    तिज बिशेष कार्यक्रम लाई अतिनै भब्य सब्य बनाउनको लागि नेपाल कुवेत साँस्कृतिक मञ्चका कलाकार युगल गीत तथा सामुहिक नृत्य गरी उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलाएको थियो। मरुभुमिको देशभए पनि नेपालको झल्को मेटिने गरी नेपाली चेलीहरु राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनीहरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई तिजका विभिन्न भाकाहरुमा नृत्य गरेका थिए । बहुचर्चित गायिका कर्णप्रीय स्वरकी धनी उद्घोषिका नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गायिका मन्जु पौडेलले आफ्नो नयाँ पुरा गीतहरु गाएर दिदी बहिनीहरु लाई छमछमी नचाइनकी थिइन । 

    मन्चले विशेष योगदान गरेका ब्यक्तित्वहरु र अतिथी कलाकारलाई  दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान पत्रले विशेष सम्मान गरिएको थियो । कार्यक्रमका अन्त्यमा सभापति गोबिन्द बरालले कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, नैतीक सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग, सहकार्य र सद्भावका लागि उच्च प्रशंसाका साथ धन्यवाद ज्ञापन गर्दै, कार्यक्रम समापनको घोषणा गरेका थिए।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology