Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेताहरू श्रमजीवी वर्ग, मजदुर जनताबाट टाढिँदै गए : राम कार्की

नेताहरू श्रमजीवी वर्ग, मजदुर जनताबाट टाढिँदै गए : राम कार्की

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०८० आइतवार • १४:१३:४१ बजे
  • 1.2K
    SHARES
  • नेताहरू श्रमजीवी वर्ग, मजदुर जनताबाट टाढिँदै गए : राम कार्की

    नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज राम कार्की (सुरेन्द्र कार्की)ले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको बताएका छन् । जनतासँग माओवादी विशेष अभियानको क्रममा झापा पुगेका कार्कीले आइतबार सो कुरा बताएका हुन् ।

    images

    उनले पार्टीमा टिबी लागेको हो कि अल्सर बिग्रेर क्यान्सर हुन लागेको त्यसको उपचारको खोजी भइरहेको जिकिर गरे ।

    लक्षण हेर्दा पहिलो चरणको क्यान्सर हो कि भन्ने चिन्ता लागेको भन्दै उनले तीन महिने अभियानपछि रोग निदानका लागि गम्भीर समीक्षा हुने बताए । ‘माओवादीप्रति जनताको व्यापक गुनासो छ । शान्ति प्रक्रियामा आएपछि हाम्रो पार्टीमा गम्भीर रोगको लक्षण देखिएको छ । टिबी लागेको हो कि पहिलो चरणको क्यान्सर हो ।

    त्यसको कारणको खोजी भइरहेको छ । तीन महिने अभियानपछि निदानका लागि गम्भीर समीक्षा हुन्छ’, रातोपाटीसँग कार्कीले भने । पछिल्लो समय पार्टीका नेताहरू श्रमजीवी वर्ग, मजदुर, किसान, सर्वहारा जनताबाट टाढिँदै गएको र ठेकदार, व्यापारी, तस्करीसँग नजिक हुँदै गएकोमा पनि उनले असन्तुष्टि पोखे ।

    कार्कीले बेलैमा माओवादीमा लागेको रोगको उपचार गर्न नसके निको नहुने चेतावनी समेत दिए ।

  • सम्बन्धित विषय:

  • # राम कार्की
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology