Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अखिल क्रान्तिकारीमा विवाद मिल्यो

अखिल क्रान्तिकारीमा विवाद मिल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०८० सोमवार • १२:०८:२९ बजे
  • 367
    SHARES
  • अखिल क्रान्तिकारीमा विवाद मिल्यो

    नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद २ वर्षपछि मिलेको छ ।

    images

    आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद अन्त्य भएको हो । क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गरेका थिए । नीतिगत सहमति भएसँगै क्रान्तिकारीभित्रको विवाद हल भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताए । ‘नीतिगत सहमतिसँगै आजबाट क्रान्तिकारी भित्रको विवाद हल भएको छ ।

    संगठनात्मक समस्याहरू हल गर्न ८ बुँदे सहमतिका आधारहरू प्रस्तुत भएका छन् । यसकै आधारमा २३ औं सम्मेलनको तयारीमा जुट्नेछौं’, शर्माले रातोपाटीलाई जानकारी दिए । क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले ८ बुँदे नीतिगत सहमतिसँगै संगठन एकताबद्ध भएको जिकिर गरिन् । सहमतिसँगै संगठनभित्र देखिएको समानान्तर गतिविधि अन्त्य हुने उनले विश्वास लिइन् । ‘नीतिगत सहमतिसँगै हामी एकताबद्ध भएका छौं । दुवैपक्षको सहमतिमा २३ औं सम्मेलनको तयारीमा लाग्नेछौं ।

    आजबाट समानान्तर गतिविधि अन्त्य भएको छ’, अध्यक्ष सिंहले भनिन् । साउनमा विद्यार्थी संगठनको फ्याक्सन इन्र्चाजमा शर्मामा नियुक्त भएपछि संगठनात्मक विवाद हल गर्न पहल गरेका थिए । शर्माले प्रधानमन्त्रीसमक्ष विवाद हल गर्ने आधारपत्र प्रस्तुत गरेका थिए । बालुवाटारमा शर्मासहित उपसभापति पम्फा भुसाल, उपमहासचिव वर्षमान पुनलगायत क्रान्तिकारीका नेताहरू रहेका थिए ।

    क्रान्तिकारीको २१ औं सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए । आठ बुँदे सहमतिमा विद्यामान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने, आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने लगायत सहमतिका आधारहरू प्रस्तुत गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # विवाद मिल्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology