Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०८० मंगलवार • १०:२९:१५ बजे
  • 922
    SHARES
  • मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

    जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।

    images

    ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो । उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन् ।

    आज बिहान साढे ८ बजे उनको निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए । यादव समानुपातिक सांसद थिइन् ।

    दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो ।

  • सम्बन्धित विषय:

  • # कुमारी यादवको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology