Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमाले पार्टीओली गुट मात्र हो : घनश्याम भुसाल

एमाले पार्टीओली गुट मात्र हो : घनश्याम भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०८० शुक्रवार • २०:४७:३५ बजे
  • 2.0K
    SHARES
  • एमाले पार्टीओली गुट मात्र हो : घनश्याम भुसाल

    नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले पार्टी नभएर अध्यक्ष केपी शर्मा ओलीको गुटमात्र भएको आरोप लगाएका छन् ।

    images

    शुक्रबार सल्यानको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पार्टीको नीति अनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको भुसालको भनाइ छ ।

    ‘एमाले ओली रूचाउनेहरूको झुन्डमात्र हो,’ उनले भने,‘ जसका कारण संसद् विघटनदेखि नेकपा विभाजन हुँदै एमाले फुटेको हो ।’

    वामपन्थी कम्युनिस्ट पार्टी एक हुनुको साटो ओलीकै कारण एमाले फुटेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # घनश्याम भुसाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology