Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छः मन्त्री बस्नेत

कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छः मन्त्री बस्नेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २९, २०८० शुक्रवार • २०:४९:०० बजे
  • 1.8K
    SHARES
  • कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छः मन्त्री बस्नेत

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताएका हुन् । उनले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए ।

    images

    आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उनले बताए । उनले शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने बताए । बस्नेतले भने, ‘म आउनुभन्दा अगाडि १६ वर्षदेखि अल्झिएर बसेका विभिन्न रणनीतिहरू पास भएका थिएनन् वर्षौँदेखि थन्किएर बसेकाहरू अब हामीले विभिन्न कार्य योजना, रणनीति बनाएर अगाडी बढ्नका लागि मन्त्रिपरिषद्ले हामीलाई सहज बनाइदिएको छ । म आएपछि सबै खालका रणनीतिहरू पनि पास गरिसकेको अवस्था हो ।

    त्यस कारणले हिजोको पुरातन शैली भन्दा पनि अब हामी नयाँ रणनीति बनाएर कसरी अगाडी बढ्नुपर्छ । शिक्षा र स्वास्थ्य आधारभूत आवश्यकता हो जनताको । यसको विकास बिना, यसको प्रगति बिना, यसको व्यवस्थापन बिना विकास सम्भव छैन व्यक्तिदेखि राष्ट्रसम्मको ।

    अहिले म कक्षा १२ सम्म निःशुल्क पढाइ हुनुपर्छ । राज्यले जिम्मा लिनुपर्छ कक्षा १२ सम्मको पढाइ भनेर मैले धेरै वर्ष अगाडीदेखि सुरु गरेको छु ।’

    मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरू पनि पूर्वसर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताए । मन्त्री बस्नेतले सरकारले कडाइ गरेका कारण अहिले भने दुर्गम ठाउँमा चिकित्सकहरू जाने गरेका बताए ।

  • सम्बन्धित विषय:

  • # मन्त्री बस्नेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology