Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चर्चित कलाकारको साथमा नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका २४ नोभेम्बरमा हुने

चर्चित कलाकारको साथमा नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका २४ नोभेम्बरमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

भाद्र ३०, २०८० शनिवार • २३:४७:२२ बजे
  • 3.4K
    SHARES
  • चर्चित कलाकारको साथमा नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका २४ नोभेम्बरमा हुने

    कुवेत - नेपाल कुवेत सरोकार समाजको पाचौं सांगीतिक धमाका नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकार शिव परियार र रचना रिमालको साथमा हुने भएको छ । 

    images

    कुवेतस्थित जिलिबमा रहेको इन्डियन स्कुलको सभाहलमा २४ नोभेम्बर २०२३ शुक्रवारको दिन ख्याति प्राप्त गायक शिव परियार र गायिका रचना रिमालको साथमा दिपावलीको अवसरमा पाचौं सांगीतिक धमाका गर्न लागिएको समाजका प्रवक्ता सन्त लम्सालले जानकारी दिएका छ्न । 

    कुवेत नगरीमा सन् २०१४  मा 'समाज र देश निर्माणका लागि यूवा एकता' भन्ने मुल नाराका साथ स्थापना भएको सस्थाले  पहिलो, दोश्रो, तेश्रो र चौथो सांगीतिक धमाका चर्चित कलाकारको साथमा सम्पन्न गरिसकेको छ । उक्त दिन स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुती रहने छ । कुवेतको नेपाली समाजमा स्थापना  कालदेखी नै बिभिन्न सामाजिक कार्यमा समाज सक्रिय छ । 

    उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ - संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ - संस्था वा व्यक्ति विषेशले कार्यक्रम नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।
     
    कार्यक्रमको विवरण :
    मितिः २४ नोभेम्बर २०२३ 
    स्थान: इन्डियन  स्कुल जिलिब 
    समयः बिहान ११ बजे देखी 
    आयोजक : नेपाल कुवेत सरोकार समाज

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology