Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पुराना दललाई रविको चुनौती

पुराना दललाई रविको चुनौती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०८० शुक्रवार • १३:१८:२० बजे
  • 1.1K
    SHARES
  • पुराना दललाई रविको  चुनौती

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा व्याप्त बेथितिको ठिक गर्ने अन्तिम अवसरको रूपमा बाँकी ४ वर्ष मिलेर काम गर्न पुराना दललाई सचेत गराएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै अन्तिम अवसरको सदुपयोग गरी विगत ३३ वर्षको गल्ती सच्चाउन उनले सचेत गराएका हुन् ।

    images

    ‘देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर, थप अपराधीहरूलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा’, उनले उल्लेख गरेका छन् । तर ‘मिसन८४’ भनेको फिटिक्कै नसुहाएको ‘मिसन ८०’ बाँकी रहेको टिप्पणी गरेका छन् ।

    मिसन ०७ साल देखि निरन्तर मिसन नै मिसन भएपनि केही नभए पनि ६३ देखि त अवसर नै अवसर पाएको दलहरूलाई उनले स्मरण गराए । ‘अझ मिसन ८०, मिसन८१, मिसन८२, मिसन ८३ छदै छ त’, उनले लेखेका छन् ‘यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस् ।’ रविले ४-४ वर्ष बाँकी रहेकाले आफ्नो जमानत जफत हुने गरी काम गरेर देखाउन आग्रह गरेका छन् ।

    यस्तै राजनीतिमा एउटा सटर बन्द हुनै पर्ने भन्दै चार वर्षमा कि पुराना दल सिद्धिने कि नयाँ दल सिद्धिने उनले उल्लेख गरेका छन् । ‘राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर, कि तपाइको कि हाम्रो ।’ ४ वर्ष अघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको उनले उल्लेख गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology