Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च कुवेतको नेतृत्वमा पुन: युवराज गैरे

प्रवासी नेपाली एकता मञ्च कुवेतको नेतृत्वमा पुन: युवराज गैरे

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन १३, २०८० शनिवार • ०९:२४:४३ बजे
  • 1.2K
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च कुवेतको नेतृत्वमा पुन: युवराज गैरे

    कुवेत - नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको अध्यक्षमा पुनः युवराज गैरे निर्विरोध निर्वाचित भएका छन् । 

    images

    कुवेतको जिलिबस्थित रिदम हलमा सम्पन्न तेश्रो राष्ट्रिय अधिबेशनले अध्यक्षमा गैरेसहित ३३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । मञ्चले केन्द्रीय परिषद सदस्य तथा मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजालको प्रमुख आतिथ्य र प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय समिटि सदस्य मोहमद मुक्तदाको बिशेष आतिथ्यमा तेश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनमा कुवेतमा कृयाशिल विभिन्न सघ सस्थाका अध्यक्ष / प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कुवेतस्थित नेपाली राजदुतावासबाट कुनै प्रतिनिधिको उपस्थिति नरहेको बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि लगायतले आफुहरुको कार्यक्रममा राजदुतावासको उपस्थिति नरहेको भन्दै दु:ख पोखेका थिए ।

    IMG_0497.jpeg

    यस्तै मञ्चको प्रथम उपाध्यक्षमा देवसम्सेर घिसिङ चयन भएका छन् भने उपाध्यक्षमा टीका पौडेल, बिना सापकोटा, धनेस्वर यादब, असोक शाह, महासचिवमा इन्द्रदेव शर्मा, उपमहासचिवमा उमलाल भण्डारी, सचिवमा वसन्त पोखरेल, रेनुका पुरी, उप-सचिव नसिब राउत कवारी र पुर्ण लम्साल र कोषाध्यक्षमा तनबिर आलम मिकरानी चयन भएका छन् । यस्तै सदस्यहरुमा एम डि अब्जल, खिम बिक, मोहम्मद अख्तर, प्रदिप परियार, नागेन्द्र महत्तो, कमला थामी, लक्ष्मी तामाङ, धन बि सि, शिव भण्डारी, महेस भुसाल, चन्दन दास, नारायण बन्जादे, अरुण चौधरी, सुशील चौधरी, भिम बहादुर खत्री, राजकुमार परियार र केशव बहादुर सारु चयन भएका छन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology