कुवेत - कल्याणकारी नेपाली युवा समाज कुवेतद्वारा आयोजित “कल्याणकारी-अलमुजैनी दशै विशेष सांगीतिक धमाका” सम्पन्न भएको छ ।
कुवेतको माहबुला स्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा ६ अक्टोवर २०२३ शुक्रवारको दिन नेपालबाट आएका राष्ट्रिय कलाकारहरु शान्ति श्री परियार, आश्मा विश्वकर्मा र उर्गेनको साथमा सो कार्यक्रम सम्पन्न भएको हो । अतिथि कलाकारहरु लाई पञ्चेबाजाको टोलीले कार्यक्रम स्थलमा पञ्चेबाजा बजाएर स्वागत गरिएको थियो ।

समाजका अध्यक्ष सुवास श्रेष्ठको सभापतित्व र नेपाली दूतावास कुबेतका तृतिय सचिव रेवन्त केसीको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा एनआरएनए आइसिसी सदस्य हरी लवाती, एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा,अलमुजैनी एक्सचेन्ज मेनेजर (Al Muzaini), जजिरा एयरवईज का प्रतिनिधी, पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको उपाध्यक्ष राज मल्ल ठकुरी, Ambassador Super market को प्रतिनिधी लगायतको विशेष आतिथ्यता र कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेका थियो ।

पत्रकार आनन्द आचार्य, नेपाली जनसम्पर्क समिती कुवेतका महामन्त्री केशर घलान तामाङ र कलाकार मेरी राईले संयुक्तरुपमा सञ्चालन रहेको कार्यक्रममा समाजका महासचिब आङ्नोर्बु शेर्पा ले स्वागत मन्तव्य राखेका थिए । राष्ट्रिय गानको गुन्जनका साथ सुरु भएको कार्यक्रममा सभापति, प्रमुख अतिथि, बिशेष अतिथिहरु लगाएतको सामुहिक उपस्थितिमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । स्थानिय कलाकारहरुको प्रस्तुति संगै अगाडी बढेको कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। भने समाजले गरेको सामाजिक कार्य र खेलकुद क्षेत्रमा गरेको कामहरु बारेमा समाजका सदस्य रोहित कटुवालले प्रस्ट पारेका थिए भने प्रोजेक्टरको माध्यम बाट समाजले गरेका कार्य भिडियो मार्फत देखाएको थियो।
दर्शकको निक्कै बाक्लो उपस्थिति रहेको कार्यक्रम विविध कारण तोकिएको समय भन्दा झन्डै १ घन्टा ढिलो शुरु भएको थियो । कार्यक्रममा अतिथि कलाकारको दमदार प्रस्तुती रहेको थियो । साथै स्थानीय कलाकारको समेत प्रस्तुती रहेको थियो । समाजले विशेष योगदान पुर्याएका ब्यक्तित्वहरु र अतिथि कलाकारहरु लाई दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान पत्रबाट विशेष सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा सभापति सुवास श्रेष्ठले कार्यक्रम सफल पार्नको लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।
फोटो - मनकामना मिडियाबाट लिएको ।