Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साउदी अरबमा एक सातामा १६ हजार ७ सय ९० जना पक्राउ

साउदी अरबमा एक सातामा १६ हजार ७ सय ९० जना पक्राउ

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आश्विन २८, २०८० आइतवार • १४:४३:०३ बजे
  • 1.2K
    SHARES
  • साउदी अरबमा एक सातामा १६ हजार ७ सय ९० जना पक्राउ

    रियाद – साउदी अरबको विभिन्न क्षेत्रबाट एक साताको अवधिमा बसोबास, श्रम कानून र सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने करिब १६ हजार ७९० जनालाई पक्राउ गरिएको छ ।

    images

    गृह मन्त्रालयका अनुसार अक्टोबर ५ देखि ११ सम्मको अवधिमा राज्यभरका सुरक्षा बलका विभिन्न एकाइहरूले संयुक्त रूपमा सञ्चालन गरेको संयुक्त क्षेत्रीय अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा रेजिडेन्सी प्रणालीको उल्लङ्घन गर्ने १० हजार १सय ७७, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार ५ सय २३ र श्रम कानुन उल्लङ्घन गर्ने २ हजार ९० जना रहेका छन् ।

    अन्य ७०९ जनालाई सीमा पार गरेर साउदी अरब प्रवेश गर्ने क्रममा पक्राउ गरिएको थियो, ६३ प्रतिशत यमनी, ३४ प्रतिशत इथियोपियाली र ३ प्रतिशत अन्य राष्ट्रियताका नागरिक थिए।
    त्यसैगरी १९ जना निवास र कार्य नियमहरूको उल्लङ्घन गर्ने र अन्य गतिविधिमा संलग्न भएकाले गिरफ्तार गरिएको थियो ।

    साउदीमा नियम उल्लङ्घन गर्ने ४५ हजार ७२४ जनालाई कारबाही गरिएको छ, जसमध्ये ३८ हजार ४० पुरुष र सात हजार ६८४ महिला रहेका छन् ।

    तीमध्ये ३९ हजार ९ सय ४१ उल्लङ्घनकर्तालाई कूटनीतिक नियोगमा यात्रा सम्बन्धी कागजातका लागि पठाइएको थियो भने १ हजार ७ सय ५० उल्लङ्घनकर्तालाई यात्रा अनुमितका लागि पठाइएको थियो । ८ हजार ७ सय ४५ उल्लङ्घनकर्तालाई देश निकाला गरिएको थियो ।


    गृह मन्त्रालयका अनुसार यदि कसैले साउदीमा प्रवेश गर्ने व्यक्तिलाइ सहयोग पुर्याउँछ वा उनीहरूलाई यातायात वा आश्रय वा कुनै सहयोग वा सेवा दिन्छ भने उसलाई १५ वर्षसम्मको जेल सजाय र अधिकतम १० लाख साउदी रियाल जरिवानाको साथै यातायात र आवासका साधनहरू जफत गरिनेछ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology