Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायत र अमेरिकाकाको राजदूत सिफारिसमा प्रचण्डको असन्तुष्टि:ओली-प्रचण्ड भेटवार्ता अनिश्चित

बेलायत र अमेरिकाकाको राजदूत सिफारिसमा प्रचण्डको असन्तुष्टि:ओली-प्रचण्ड भेटवार्ता अनिश्चित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०७७ बिहिवार • १८:२३:३९ बजे
  • 1.9K
    SHARES
  • बेलायत र अमेरिकाकाको राजदूत सिफारिसमा प्रचण्डको असन्तुष्टि:ओली-प्रचण्ड भेटवार्ता अनिश्चित

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको भेटवार्ता अनिश्चित बनेको छ । आजको मन्त्रिपरिषद् बैठकले बेलायत र अमेरिकाकाको राजदूत सिफारिस गरेकामा प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

    images
    आजको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूत र प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई बढुवा गरिएको छ ।

    निरन्तरको संवाद जारी रहेकै समयमा सरसल्लाह नगरेरै राजदूत सिफारिस गरिएपछि ओली-प्रचण्डबीचको भेटवार्ता नै अनिश्चित बनेको छ । स्रोतले भन्यो, 'सरसल्लाह अनुसार अगाडि बढ्नुपर्नेमा, त्यसो हुन सकेन । त्यसैले आज हुने भनिएको भेटवार्ता नै अनिश्चित बनेको छ । बेलुकीसम्म नयाँ कुरा आएमा भेटवार्ता सम्भव होला । तर, सम्भावना झन्झन् कमजोर बन्न थालेको छ ।'

    ओली-प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि मापदण्ड बनाउने विषयमा विवाद बढेको छ । ओलीले आफू निकटका व्यक्तिलाई मन्त्री कायमै राख्ने योजना बनाएका छन् भने प्रचण्डले एक पटक सबैलाई फिर्ता गरेर दोहोर्याउनु पर्नेमा जोड दिएका छन् । कुरा नमिलेपछि हिजो हुने भनिएको भेटवार्ता पनि स्थगित गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology