Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुस्ताङमा १३५ नेता–कार्यकर्ता माओवादीमा प्रवेश

मुस्ताङमा १३५ नेता–कार्यकर्ता माओवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०८० बुधवार • २०:००:५३ बजे
  • 1.0K
    SHARES
  • मुस्ताङमा १३५ नेता–कार्यकर्ता माओवादीमा प्रवेश

    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।

    images

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन् ।

    भेलामा विभिन्न पार्टी परित्याग गरी १३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कायक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताए । यस्तै उनले भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको पनि बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने,'हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ । यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौँ । त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ।

    सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ । यसपछि पनि अभियानले निरन्तरता पाउनेछ ।

    हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौँ ।' प्रधानमन्त्री प्रचण्डले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ संकट र जोखिमहरू न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताए । कार्यक्रममा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # माओवादीमा प्रवेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology