Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठअस्पताल भर्ना

छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठअस्पताल भर्ना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०८० बिहिवार • १०:५४:२४ बजे
  • 1.9K
    SHARES
  • छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठअस्पताल भर्ना

    बेइजिङ । तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो ।

    images

    श्रेष्ठको सचिवालयअनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ ।

    ‘उहाँको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ,’ प्रेस सल्लाहकार कमल गिरीले भने । श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको गिरीले बताए ।

    श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै 'तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)'मा सहभागी हुन आज सोमबार चीन पुगेका हुन्।

    मंगलबार र बुधबार बेइजिङमा हुने बीआरएफमा 'हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च'को नीति र प्रगतिबारे छलफलमा श्रेष्ठ सहभागी भएका थिए । सो कार्यक्रममा श्रेष्ठले "कि नोट स्पिच" दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology