Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब कांग्रेस एक रहन्न : गगन थापा

अब कांग्रेस एक रहन्न : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०८० बिहिवार • १२:११:५४ बजे
  • 1.5K
    SHARES
  • अब कांग्रेस एक रहन्न : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् ।

    images

    प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं ।

    कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’

    अर्को चुनाव आउन चार वर्ष बाँकी रहँदा पनि चुनाव हारिन्छ कि भनेर पार्टीमा रुवाबासी भइरहेको उनले बताए । तल वडादेखि माथिसम्म सरकारै सरकारमा बसेको कांग्रेसमा निराशा रहेको बताउँदै उनले भने, ‘जसलाई भेटे पनि बर्बाद छ, बर्बाद छ । के बर्बाद छ भन्दा ०८४ मा त हारिन्छ भन्ने ।

    यस्तो किन भइरहेको छ ? सरकारमा जाने र बस्ने कुरा किन यति महत्वपूर्ण भइरहेको छ ?’ उनले यसका बारेमा पार्टीमा सघन छलफल गर्नुपर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology