Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जो बाइडनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने

जो बाइडनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०८० बिहिवार • १२:१५:५४ बजे
  • 1.3K
    SHARES
  • जो बाइडनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने

    अमेरिकी राष्ट्रपति जो बाइडनले हमासविरुद्धको लडाइँमा इजरायललाई साथ दिने बताएका छन् । केबल चार घण्टाका लागि इजरायल पुगेका बाइडनले इजरायल एक्लै नभएको र अमेरिका उसको साथमा रहेको भन्दै ढाडस दिएका हुन् ।

    images

    प्यालेस्टिनी चरमपन्थी समूह हमासविरुद्धको लडाइँमा अमेरिकाले सुरुदेखि नै इजरायललाई साथ दिँदै आएको छ । अमेरिकाले हमासलाई प्रतिबन्धसमेत लगाएको छ । पछिल्लोपटक हमासले २० असोजमा एक्कासी इजरायलमाथि आक्रमण गरेको थियो ।

    त्यसपछिका दोहोरो लडाइँमा परी दुवैतर्फ ४ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मंगलबार राति गाजा क्षेत्रको एक अस्पतालमा आक्रमण हुँदा ५०० जनाको मृत्यु भएको छ ।

    अस्पतालमा भएको आक्रमणको दोष इजरायल र हमास दुवैले एकअर्कालाई लगाएका छन् । अस्पतालमा आक्रमण भएपछि अमेरिकी राष्ट्रपति बाइडन इजरायल पुगेका थिए । उनले राजधानी अम्मानमा समकक्षी वेन्जामिन नेतन्याहुलाई भेटेर इजरायललाई हमासविरुद्ध आत्मरक्षा गर्ने हक रहेको समेत बताएको बीबीसीले जनाएको छ ।

    बाइडनले त्यहाँका राजा, राष्ट्रपति र इजरायलका अन्य नेताहरुसँग गर्ने भनिएको शिखर वार्ता भने रद्द भएको बीबीसीले जनाएको छ । साथै बाइडनको आग्रहमा इजिप्टले गाजा क्षेत्रमा गर्न चाहेको सहयोग सीमित मात्रामा उपलब्ध गराउने अनुमति दिन पनि इजरायल तयार देखिएको छ । बाइडनले गाजा क्षेत्रका पीडितलाई मद्दत गर्ने घोषणा पनि गरेका छन् ।

    बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले गाजा र वेस्ट बैंकमा मानवीय सहायता पुर्याउन १०० मिलियन डलर सहयोग घोषणा गरेका छन् ।

    अमरिकाले उपलब्ध गराउने रकमबाट १० लाखभन्दा बढी विस्थापित र युद्ध प्रभावित प्यालेस्टिनीले राहत पाउने बताइएको छ । तर यो सहयोग हमास या अरु कुनै आतंकवादी समूहसम्म पुग्न नहुनेमा बाइडनले जोड दिएका छन् । यसैगरी इजरायलको प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै बन्दी बनाइएकाहरुलाई हमासले मुक्त गरेमा मात्रै मानवीय सहायता उपलब्ध गराउने सर्त राखेको छ ।

  • सम्बन्धित विषय:

  • # इजरायललाई साथ दिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology