Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रस्ताव पत्र तथा कार्यसमिति नामावली नेपाली दूतावासमा बुझायो

प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रस्ताव पत्र तथा कार्यसमिति नामावली नेपाली दूतावासमा बुझायो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०८० शुक्रवार • ०१:०५:२० बजे
  • 1.2K
    SHARES
  • प्रवासी नेपाली एकता मञ्च कुवेतले प्रस्ताव पत्र तथा कार्यसमिति नामावली नेपाली दूतावासमा बुझायो

    कुवेत - नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भात्री संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतले नेपाली दूतावास कुवेत मार्फत नेपाल सरकारलाई १३ बुदे प्रस्ताव पत्र बुझाएको छ । 

    images

    प्रवासी नेपाली एकता मञ्च कुवेतले  १३ बुंदे प्रस्ताव पत्र तथा नया कार्यसमिति नामावली नेपाली दूतावास कुवेतकी काउन्सेलर  सुजनी राणालाइ बुझाएको हो । कुवेतमा कार्यरत नेपाली श्रमिकहरुको समसामयिक विषयवस्तुहरूलाइ समेटी प्रवासी नेपाली एकता मञ्च कुवेतले सो प्रस्ताव पत्र बुझाएको हो । प्रस्ताव पत्रमा संविधान प्रदत्त मौलिक अधिकारको आम नागरिकलाई प्रत्याभूति दिलाउन र देशलाई समाजवाद तर्फ अगाडी बढाउन, प्रवासबाट अनलाईन भोटिङको व्यवस्था गर्न प्रकृया अगाडि बढाउने, सामाजिक सुरक्षा कोष सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, नेपाल-कुवेत बिच श्रम सम्झा ैताको प्रकृया अगाडि बढाउने, करार बमोजिम श्रमिकले तलब नपाएका विषयमा दूतावासबाट अनुगमन तथा निरिक्षण गर्न साथै जथाभावी मागपत्र प्रमाणित नगर्ने, विद्युतीय राहदानी नविकरणको लागि अनलाइन फारम भर्न सहजिकरण गर्ने, राजनैतिक दलका भातृ संगठनका कार्यक्रममा दूतावासले सहभागिता जनाउने लगायतका मागहरू रहेका छन् । 

    प्रवासी नेपाली एकता मञ्च कुवेतले २९ सेप्टेम्बर २०२३ मा सम्पन्न तेश्रो अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यरुको नामावली र अधिवेशनले पारित गरेको प्रस्तावहरु (resolutions) मञ्चका प्रमुख सल्लाहकार मधुकर रिजाल र अध्यक्ष युवराज गैरेको नेतृत्वमा सल्लाहकार सूर्य लामा, उपाध्यक्ष टीका पौडेल, धनेश्वर यादव, बिना सापकोटा, महासचिव इन्द्रदेव शर्मा, कोषाध्यक्ष तनबिर आलम, सचिव वसन्त पोख्रेल  र सदस्य मोहमद अब्जलको उपस्थितिमा बुझाईएको हो । नेपाली दूतावास कुवेतले कार्यान्वयनको लागि सक्दो प्रयास गर्ने वचनबद्धता व्यक्त गरेको मन्चका अध्यक्ष युवराज गैरेले जानकारी दिएका छन ।

    प्रवासी नेपाली एकता मञ्च कुवेतले २९ सेप्टेम्बर २०२३ मा सम्पन्न तेश्रो अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यरुको नामावली

    72990124-4246-49ac-9fa2-077dba9fd797.jpeg

     

    प्रवासी नेपाली एकता मञ्च कुवेतले २९ सेप्टेम्बर २०२३ मा सम्पन्न तेश्रो अधिवेशन बाट  पारित गरेको प्रस्तावहरु (resolutions)

    IMG_0651.jpeg 



    IMG_0652.jpeg

     

    IMG_0654.jpeg

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology