Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०८० आइतवार • १०:५९:४८ बजे
  • 2.0K
    SHARES
  • नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

    नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ ।

    images

    निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

    नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जनाकारी दिएका थिए ।

    उनका अनुसार निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको छ । नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology