Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विष्णु पौडेल र वर्षमान पुनको सवाल-जवाफ :जनयुद्ध दिवस मनाउने निर्णय हुँदा तपाई उपप्रधानमन्त्री हुनुहुन्थ्यो

विष्णु पौडेल र वर्षमान पुनको सवाल-जवाफ :जनयुद्ध दिवस मनाउने निर्णय हुँदा तपाई उपप्रधानमन्त्री हुनुहुन्थ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०८० बिहिवार • १४:३८:०५ बजे
  • 742
    SHARES
  • विष्णु पौडेल र वर्षमान पुनको सवाल-जवाफ :जनयुद्ध दिवस मनाउने निर्णय हुँदा तपाई उपप्रधानमन्त्री हुनुहुन्थ्यो

    जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सवाल-जवाफ गरेका छन् ।

    images

    संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको विषयमाथि धारणा राख्ने क्रममा एमाले उपाध्यक्ष पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने बताए ।

    जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन उनको आग्रह छ । फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन उनले चुनौती दिए । जवाफमा माओवादीका उपमहासचिव पुनले एमाले समेत सहभागी सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको स्मरण गराए । ‘जनयुद्ध दिवसको बारेमा म स्मरण गराउन चाहन्छु -माघ १९ गते त्यो निर्णय भएको रहेछ ।

    पूर्व वक्ता (विष्णु पौडेल) माननीय ज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ । त्यही मन्त्रिपरिषदले निर्णय गरेको रहेछ’ पौडेललाई पुनले जवाफ फर्काए । आफैँले निर्णय गर्ने र अर्को ठाउँमा पुगेर आलोचना गर्ने संस्कार गलत भएको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology