Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हामी सांसदले भनेका कुरा सरकारले सुन्दैन:रवि लामिछाने

हामी सांसदले भनेका कुरा सरकारले सुन्दैन:रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १६, २०८० बिहिवार • १४:४५:२५ बजे
  • 1.5K
    SHARES
  • हामी सांसदले भनेका कुरा सरकारले सुन्दैन:रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले संसदमा बोलेका कुरा समेत नसुन्ने सरकारले जनताले बोलेको के सुन्छ भन्दै कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले कटाक्ष गरेका हुन् ।

    images

    उनले भने– ‘प्रत्येक संसद् बैठकमा हामी सांसदले राष्ट्रिय महत्त्व सहितका आफ्ना निर्वाचन क्षेत्रका विषय राख्दै आएका छौँ । कहिले मलिन भएर कहिले चर्को स्वरमा नागरिकका आवाज हामीले उठाउँदै आएका छौँ ।

    जनताका दुःख पीडा माग आवश्यकता जस्ताको तस्तै आफ्नो क्षमता अनुसार सुनुवाइ गर्ने कोसिस गर्दै आइरहेका छौँ । मन्त्रीदेखि प्रधानमन्त्रीलाई सोध्छौँ ता कि जनतालाई आश्वस्त पार्न सकियोस् । तर दुःखका साथ भन्छु यो संसदले हामी जनप्रतिनिधिकै आवाज सुनेको छैन भने नागरिक तहको आवाज के सुन्थ्यो ? सुनेको छैन ।’

    कुनै सांसदले उठाएको गुनासो, प्रश्न सरकारले सम्बाेधन गरेको भए त्यसलाई संयोग मात्र माने हुने अवस्था रहेको बताए । सदनमा आरोप पत्या रोप मात्र हैन फौजदारी अभियोग नै दर्ज गराउनुपर्ने खालको आरोपको खेती हुने बताए । शीर्ष भनिएका नेताहरुको भाषणमा कुण्ठा चल्ने, मिथ्याङ्क राख्ने र संसद् बन्धक समेत बनाउने गरेको बताए ।

    उनले संसद्लाई जनताको आवाज मुखरित गर्ने थलो बनाउन नसकिएको र बिधायकी कामको गति र मति हेर्ने हो भने पनि झन् टिठलाग्दो रहेको उल्लेख गरे ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology