गोप्य अंग देखाएको भन्दै माओवादीले कारबाही गरेकी बराल रास्वपा प्रवेश गर्ने तयारी टिकटकमा गोप्य अंग देखाएको भन्दै माओवादी केन्द्रले कारबाही गरेकी रुपन्देहीकी शान्ती बराल रास्वपा प्रवेश गर्ने तयारी गरेकी छन ।
नेकपा माओवादी केन्द्रले सामाजिक सञ्जालमा अश्लील हर्करत गरेको भन्दै कारबाहीमा परेकी बराललाई रास्वपाका नेताहरूले पार्टीमा आउन भनेपछि पार्टी प्रवेशको तयारी गरेकी हुन ।
रास्वपाका स्थानीय नेताहरूले कारबाहीमा परेलगत्तै भेटेर बराललाई रास्वपा प्रवेश गराउने तयारी गरेका थिए । सामाजिक सञ्जालमा सक्रिय बरालका कारण चुनावमा मत प्रभावित गर्न सक्ने भएकाले पार्टी प्रवेश गराउने तयारी थालेको रास्वपाका स्थानीय नेताहरूले रवि लामिछानेलाई जानकारी गराइसकेका छन ।
लामिछानेले भने माओवादी केन्द्रले कारबाही गरेको घटना नसेलाउँदै पार्टी प्रवेश गराउँदा गलत सन्देश जाने भएकाले हतार नगर्न सुझाएको स्रोतको भनाई छ । बराल गएको चुनावमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका बालकृष्ण खाँडका पक्षमा खटिएकी थिइन ।
सामाजिक सञ्जालमा संवेदनशील अङ्गको प्रदर्शन गरेर फलोवर्स बटुलेको आरोपसहित माओवादी केन्द्र रुपन्देही सैनामैना नगरकमिटीमा आबद्ध बराललाई सोमबारमात्रै साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको विज्ञप्तिमार्फत सार्वजनिक भएको थियो ।
टिकटकमा गोप्य अंग देखाउने बराललाई माओवादी केन्द्रले गर्यो कारबाही
नेकपा माओवादी केन्द्र रूपन्देहीले सामाजिक संजाल टिकटकमा उश्रृङ्खल गतिविधि गर्ने शान्ति बराललाई साधारण सदस्यबाट हटाएको छ ।
पार्टीको सैनामैना नगर कमिटी सदस्यमा रहेकी उनले चर्चा कमाउने नाममा टिकटक लाइभमा शरिरको गोप्य अंग देखाएपछि उनलाई पार्टीले कारबाही गरेको हो ।
पार्टीले एक विज्ञप्ती जारी गर्दै उनलाई साधारण सदस्यबाट हटाएको जानकारी गराएको हो ।
‘शान्ति बरालले पार्टीको सांगठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक÷सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक÷सांस्कृतिक व्यवहारका विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको कारण समेतले निज शान्ति बराललाई ने।क।पा माओवादी केन्द्रको पार्टी संगठन मातहतका सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समेतबाट निलम्बन गरिएको जानकारी गराउँदछौँ’, विज्ञप्तीमा भनिएको छ ।