Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो

एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०८० शनिवार • १३:५०:१५ बजे
  • 1.3K
    SHARES
  • एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो

    असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ ।

    images

    एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

    असोज महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २५.९ प्रतिशतले धेरै हो ।

    असोज महिनामा नेपालमा चाडबाड मनाउन ठूलो मात्रामा रेमिट्यान्स भित्रन्छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । जुन अघिल्लो आवको तुलनामा भने कम हो ।

    अघिल्लो आवको पहिलो त्रैमासमा १ लाख ४७ हजार ९३२ ले अन्तिम श्रम स्वीकृति र ५७ हजार ८६१ जनाले पुनः श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology