Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतका लागि सिफारिस

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतका लागि सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १६, २०७७ शुक्रवार • ०९:०५:०३ बजे
  • 3.9K
    SHARES
  • डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूतका लागि सिफारिस

    सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको हो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ का  जन्मिएका विश्वकर्माले काठमाडौं विश्वविद्यालयबाट स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट फुड मुभमेन्टमा पिएचडी गरेका छन्।
    प्रधानमन्त्री ओलीनिकट विश्वकर्मा तत्कालीन नेकपा एमालेको विदेश विभागमा १० वर्ष सदस्य थिए। पार्टी एकतापछि विभागले पूर्णता नपाएकाले आफू पार्टीको जिम्मेवारीमा नरहेको विश्वकर्माले बताए।

    images

    ५० वर्षीय विश्वकर्मा पूर्वमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माका ज्वाइँ पर्छन्। २०४२-०४३ सालतिर विद्यार्थी राजनीति सुरू गरेका उनी २०५१ सालमा पोखरास्थित केन्द्रीय वन क्याम्पसमा स्ववियु सचिव बनेका थिए। उनी राजदूत नियुक्त दलित समुदायबाट राजदूत बन्ने तेस्रो व्यक्ति हुनेछन्।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology