Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध मुद्दा चल्ने

तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध मुद्दा चल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०८० शुक्रवार • २३:१४:४० बजे
  • 2.8K
    SHARES
  • तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध मुद्दा चल्ने

    दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन आएको आरोपमा काठमाडौँको तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् ।

    images

    प्रदर्शन स्थलबाट शुक्रवार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले रातोपाटीलाई बताए ।

    पूर्व राजाका समर्थक ५ जनालाई चाहिँ प्रहरीले मुद्दा चलाउने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनमा खटिएका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जनाविरुद्ध मुद्दा चल्ने एसपी ढुङ्गेलले जानकारी दिए ।

    खड्कासहित मुनेन्द्र राजभण्डारी, अनुपविक्रम शाही, सतिश न्यौपाने र आवास खड्कालाई प्रहरीले मुद्दा लगाउने निर्णय गरेको छ । उनीहरू प्रसाईं नेतृत्वको समूहको एटिएफ (एनि टाईम फोर्स)मा आबद्ध भएको आरोप छ ।

    खड्का शुक्रवार बिहान काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत बालाजुमा राखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology